संसदमा पर्चासहित श्रम संस्कृति पार्टीको विरोध

सफल खबर संवाददाता

सोमबार, ०४ जेठ २०८३, ११ : ३६
संसदमा पर्चासहित श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अगाडि उभिएर विरोध गरेका छन् ।

प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्नेवित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर अगाडि आइ विरोध गरेका हुन् । 

उनीहरूले पर्चा लिएर सभामुखको आसन अगाडि उभिएर विरोध गरेका छन् । पर्चामा प्रधानमन्त्री जबाफदेही बनेको खोइ ? भन्ने लेखेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् । सभामुख अर्यालले भने, ‘विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु । अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला ।’