काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधि सभा बैठकमा उपस्थित नभएको विषयलाई लिएर श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै बैठक कक्षबाट बाहिरिएका हुन्।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको अवस्थामा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीले सदनप्रति जबाफदेही हुनुपर्ने धारणा राख्दै राजीनामासमेत माग गरेका छन्।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि विपक्षी सांसदहरूले विरोध जनाएका थिए। त्यसक्रममा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सदनमा नाराबाजीसमेत भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
संसदमा पर्चासहित श्रम संस्कृति पार्टीको विरोध
श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति
सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्न श्रम संस्कृति पार्टीद्वारा अभियान घोषणा