काठमाडौँ । मन्त्रिपरिषद् विस्तारअन्तर्गत आज हुने शपथ ग्रहण समारोहका लागि तोकिएका मन्त्रीहरू राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारीका लागि सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि प्रतिनिधि सभा सदस्य महावीर पुनले मन्त्री पदको शपथ लिने तयारी गरिएको हो।
शपथ ग्रहण दिउँसो ३ बजेका लागि निर्धारित भए पनि केही समय ढिलाइ भएको जनाइएको छ। निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलाइपछि कार्यक्रम सुरु हुने तयारी भइरहेको छ।
दुवै प्रस्तावित मन्त्रीहरू शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा उपस्थित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ जेठ २०८३, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेरि गृहमन्त्री बने २ महिना तस्बिर खिच्न र बधाई दिन नआउनू: सुधन गुरुङ
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
रामराज्यको चाहना राख्नेहरुले पनि नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ
रामराज्यको चाहना राख्नेहरुले पनि नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन
रमेश लेखकलाई पक्राउ गरेपछि सुधन गुरुङले भने : 'आयो गोर्खाली'