३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०८३, १३ : ०७
३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । मंगलबार बोलकबोलमार्फत सो ऋणपत्र जारी हुन लागेको छ ।

बैंक तथा वित्तीय संस्थाले लगानीका लागि यसमा आवेदन दिन सक्नेछन् । ब्याजदर बोलकबोलबाट तय हुनेछ भने अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । न्यूनतम ५ करोड तथा अधिकतम ५ करोडले भाग जाने कुल आह्वान रकमसम्म बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस उपकरणको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क रहेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेका बेला यो ऋणपत्र जारी हुन लागेको हो ।