काठमाडौं । प्रधानमन्त्रीमा आज शपथ लिन लागेका राष्टिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) को क्याबिनेटमा मन्त्री बन्नेहरुको नाम रास्वपाले टुंग्गो लगाउँदै जान थालेको छ ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बन्न लागेका बालेनका बीचमा बिहिबार राती देखि नै भएको छलफलमा सबैभन्दा बढी पेचिलो गृहमन्त्रीको नाममा भएको छ । सुरुमा बालेनले सुनिल लम्साललाई गृहमन्त्री बनाउन चाहेका थिए । तर रवि लमिछानेले पार्टीका उपसभापति डिपि अर्यालको नाममा अडान लिएपछि गृहमन्त्रीको विषय पेचिलो बनेको थियो ।
दुवै नेताले आ आफनो दावी नछोडेपछि अहिले बालेनले गृहमन्त्रीमा नयाँ नाम अगाडी सारेका छन् । त्यो नाम हो सुधन गुरुङ । सुधनलाई सुरुमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन चाहेपनि उनले उक्त मन्त्रालय अश्वीकार गर्ने जनाउ बालेनलाई दिएका थिए ।
सुधनले कि गृह कि पर्यटन मन्त्रालय आफुलाई दिन माग गरेका थिए । गृहमा सुनिल र डिपिलाई लिएर बालेन र रविका बीचमा कुरा नमिल्दा सधुनको नाम बालेनले नै अहिले छलफलमा प्रस्ताव गरेका छन् ।
यस अर्थमा अब गृहमा सुधनको सम्भाबना बढेर गएको रास्वपा स्रोतले बताएको छ । गृहमा डिपि नहुने भएपछि छलफलमा रहेको समिकरणमा पनि नयाँ ट्वीष्ट आएको छ । अब सभामुखमा पहिले छलफल भईरहेको नाममा हेरफेर हुने भएको छ । सभामुखमा प्रतिभा रावललाई बनाउने समझदारी बनेकोमा अब त्यो भत्किने देखिएको छ ।
सभामुखमा डिपि अर्याल लाई लैजाने र सभामुख बन्ने छलफल चलेकी प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयमा लाने गरी तयारी भएको छ । कानुन तथा संसदीय मामिला मन्त्रालयमा सेविता गौतमको टुंग्गो लागेको छ । अर्थमा स्वर्णिम वाग्ले, परराष्टमा शिशिर खनाल मन्त्री बन्नेछन् ।
भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयलाई सँगै गाभेर उक्त मन्त्रालयमा भने सुनिल लम्साललाई मन्त्री बनाउने तयारी भएको छ । उधोगमन्त्रीमा अमरेर सिंह मन्त्री बन्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबको सरकार १५ मन्त्रालयमै सीमित हुने, कुन–कुन मन्त्रालय गाभिन सक्छन् ?
रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकियो
आगजनी भएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन गरिँदै