आगजनी भएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन गरिँदै

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०८२, १४ : ५६
आगजनी भएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन गरिँदै

काठमाडौँ । जेन जेड युवा आन्दोलनको क्रममा आगजनी गरिएको सिंहदरवार परिसरभित्रका मन्त्रालयमा रंगरोगन सुरु गरिएको छ । आगो र धुवाँले कालो देखिएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन सुरु गरिएको हो ।

यसैक्रममा आज बिहानदेखि अर्थ मन्त्रालयमा सेतो रंग लगाउने क्रम जारी छ । मजदुरहरूले बाँसको अग्लो भर्‍याङ बनाएर रंग लगाइरहेका छन् । भित्री भागको काम भने पछि गर्ने योजना सरकारको छ ।

सरकारले जेन जेड युवाको प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियान चलाउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस