काठमाडौँ । जेन जेड युवा आन्दोलनको क्रममा आगजनी गरिएको सिंहदरवार परिसरभित्रका मन्त्रालयमा रंगरोगन सुरु गरिएको छ । आगो र धुवाँले कालो देखिएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन सुरु गरिएको हो ।
यसैक्रममा आज बिहानदेखि अर्थ मन्त्रालयमा सेतो रंग लगाउने क्रम जारी छ । मजदुरहरूले बाँसको अग्लो भर्याङ बनाएर रंग लगाइरहेका छन् । भित्री भागको काम भने पछि गर्ने योजना सरकारको छ ।
सरकारले जेन जेड युवाको प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियान चलाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुन मन्त्रालय कसलाई ? यसरी चल्दैछ छलफल : 'गृहमा सुधन, अर्थमा स्वर्णिम, उधोगमा अमरेशसिंह, सभामुखमा डिपि अर्याल'
अबको सरकार १५ मन्त्रालयमै सीमित हुने, कुन–कुन मन्त्रालय गाभिन सक्छन् ?
रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकियो