गोदावरी(कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ तथा ग्याँससहित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएका निकायको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उनले पेट्रोलियम पदार्थ तथा ग्याँसलगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन बजार अनुगमनलाई तीव्रता दिनुपर्ने बताउँदै आपूर्ति व्यवस्थालाई सहज बनाउन सरोकार भएका निकायले आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री शाहले बजार अनुगमन गरी उपभोक्ता संरक्षण ऐन नियमावलीलगायत प्रचलित कानुनबमोजिम गठित अनुगमन समितिले प्रभावकारी रूपमा अनुगमन गर्नुपर्ने धारणा राखे। उनले अनुगमन समिति तथा संयन्त्रमार्फत बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन सबैले सहयोग र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड
‘अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ’: मुख्यमन्त्री शाह
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता
‘वन अधिकृतसँग पाँच लाख घुस मागेको कुरा झुटो हो, दोषी भए कारबाही भोग्न तयार छु’ : मुख्यमन्त्री शाह
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल