मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०८२, १२ : ५२
मुख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट, सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनबारे छलफल

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच बुधवार भेटघाट भएको छ।

बालुवाटारमा भएको भेटमा आगामी मङ्सिर १ र २ गते आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय पहुँच पुगेको उल्लेख गर्दै वित्तीय संरचनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । उनले व्यवसायीलाई सहज हुने गरी लगानीमैत्री नीतिहरू बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । यसअघि मुख्यमन्त्री शाहले सम्मेलन सफल बनाउन संघीय सरकार र निजी क्षेत्रसँग निरन्तर छलफल गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस