काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच बुधवार भेटघाट भएको छ।
बालुवाटारमा भएको भेटमा आगामी मङ्सिर १ र २ गते आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय पहुँच पुगेको उल्लेख गर्दै वित्तीय संरचनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । उनले व्यवसायीलाई सहज हुने गरी लगानीमैत्री नीतिहरू बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । यसअघि मुख्यमन्त्री शाहले सम्मेलन सफल बनाउन संघीय सरकार र निजी क्षेत्रसँग निरन्तर छलफल गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ’: मुख्यमन्त्री शाह
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्त्वपूर्ण भूमिका रहन्छ’ : मुख्यमन्त्री शाह
‘वन अधिकृतसँग पाँच लाख घुस मागेको कुरा झुटो हो, दोषी भए कारबाही भोग्न तयार छु’ : मुख्यमन्त्री शाह
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
ऊर्जा मन्त्री खड्का र मुख्यमन्त्री शाहबीच भेटवार्ता