चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले Honey Trap प्रयोग गरी एक व्यक्तिलाई लुटपाट गर्ने घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने ४८ वर्षीय एक पुरुषलाई सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी योजनाबद्ध रूपमा भेट्न बोलाइएको थियो। “ANEY TMG” नाम प्रयोग गर्ने व्यक्तिले पीडितसँग फोन तथा फेसबुकमार्फत कुराकानी गर्दै भेट्ने बहाना बनाएको प्रहरीले जनाएको छ।
२०७९ चैत २९ गते पीडितलाई जटपानीस्थित मिडचोक नजिक भेट्न बोलाई त्यहाँ पुगेपछि अन्य व्यक्तिहरूसँग मिलेर पीडितलाई कुटपिट गरी उनको ना.प्र.००४ प ५८८१ नम्बरको स्कुटर लुटेर फरार भएको बताइएको छ। त्यसपछि पीडितसँग रकम माग्दै, रकम नदिए जबरजस्ती करणीको मुद्दा हालिदिने भन्दै धम्कीसमेत दिएको प्रहरीको भनाइ छ।
पीडितले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा घटनामा संलग्न व्यक्तिहरूलाई भरतपुर महानगरपालिका वडा नं. १०, बिरेन्द्र क्याम्पस चोकबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका–७ नमुना टोल बस्ने १८ वर्षीया एफसी तामाङ (ANEY TMG) र सोही स्थानका २५ वर्षीय विजय सुनार रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा आतंक फैलाउने नन्द प्रसाद भट्ट पक्राउ
बलात्कार आरोपमा खैरहनीका इन्स्पेक्टर प्रकाउ
खगेन्द्र सुनारको विवादबारे रास्वपाको स्पष्टीकरण: 'विगतको अभिव्यक्तिप्रति क्षमायाचना, पार्टीद्वारा सचेत'
चितवनमा वृद्धा हत्या तथा लुटपाट प्रकरणः पाँच जना पक्राउ
क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ
जेनजी आन्दोलनबाट ८४ अर्ब ४५ करोड क्षति