काठमाडौँ । गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिकका लागि दबाब दिन जेनजी अभियन्ताहरूले माइतीघर मण्डलामा भेला आह्वान गरेका छन् ।
जेनजी अभियन्ताले सामाजिक सञ्जालमा एक पोस्टर राखेर आज दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलमा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।
सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही गर्नुपर्ने भन्दै जेनजीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पूर्वाग्रही’ प्रतिवेदन : एमाले, कार्यान्वयन ‘रास्वपा सरकारको हातमा’ : पूर्व प्रधानमन्त्री भट्टराई
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकपछि अब के हुन्छ ? यस्तो छ कारवाही प्रक्रिया
जेनजी आयोगको प्रतिवेदनमा आरके शर्माको के सुझाव समेटिएको छ ?
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेसको माग
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह