काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक हालैको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रतिवेदनको प्रस्तुति र निष्कर्षले शक्ति केन्द्रप्रति दबाब वा संकोच देखिएको संकेत गरेको टिप्पणी गरेका हुन्।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले आयोगको प्रतिवेदन अपेक्षाअनुसार निष्पक्ष र पूर्ण नदेखिएको उल्लेख गरेका छन्। उनले प्रतिवेदनमा केही विषय समेटिए पनि त्यसले सम्पूर्ण पक्ष समेट्न नसकेको संकेत गरेका छन्।
पोखरेलले पूर्व प्रमुख गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनको तुलनामा अहिलेको प्रतिवेदन केही विस्तृत देखिए पनि अझै अपूर्ण रहेको टिप्पणी गरेका छन्। साथै, उनले निर्णय प्रक्रियामा दबाबको प्रभाव देखिएको आशय व्यक्त गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी संक्षिप्त प्रतिवेदन बुधबार सार्वजनिक गरेको थियो। आयोगद्वारा जारी २९ पृष्ठीय प्रतिवेदनमा निर्णय तथा सिफारिससम्बन्धी विषय समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ जेठ २०८३, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन
सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली स्थलमा
मधेस प्रदेश प्रमुखसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस
प्रतिनिधि सभा निर्वाचन अनुगमनका लागि मानव अधिकार आयोगद्वारा उच्चस्तरीय टोली परिचालन