हेलिकप्टरबाट गणना स्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १४ : ४३
हेलिकप्टरबाट गणना स्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका

काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा पर्ने उत्तरी गोरखास्थित चुमनुव्री गाउँपालिकाको मतपेटिकाहरू हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सो क्षेत्रका २३ मतदान केन्द्रको पेटिका मतगणना स्थल ल्याइएको हो । सो क्षेत्र अन्तर्गतका अन्य मतदान केन्द्रको मतपेटिका भने बिहीबार राति नै संकलन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अब सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने बताइएको छ । गोरखा १ को मतगणना जिल्ला समन्वय समितिको भवनमा हुनेछ । यस क्षेत्रमा रास्वपाका सुधन गुरुङ, नेपाली काँग्रेसका प्रेमकुमार खत्री, नेकपा एमालेका रामचन्द्र लामिछाने, नेकपाका हरिराज अधिकारी, राप्रपाका केदारमणि खनाल लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस