गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली(फागुपूर्णिमा) पर्वले हाम्रो समाजका विकृति, विसंगति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।
फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले गर्दै यस पर्वले हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गरे ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रंगहरूको उत्सवका रूपमा फागुपूर्णिमा (होली) हर्षोल्लासपूर्वक मनाइने सन्देशमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण
‘समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ’ : मुख्यमन्त्री पाण्डे
संस्कृति संरक्षणका लागि स्थानीय जागरूक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
‘प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ’: मुख्यमन्त्री पाण्डे
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण छ’: मुख्यमन्त्री पाण्डे
‘मातृ मृत्युदर घटाउन सेवा र निगरानीको पहुँच पुर्याउनुपर्छ’: मुख्यमन्त्री पाण्डे