गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।
आदिकवि भानुभक्तको २१२औँ जन्म जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले भानुभक्तका विचार र आदर्शहरूलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्ने उल्लेख गरेका हुन ।
“घाँसीको प्रेरणाबाट महत्त्वपूर्ण कृति जन्माउनुभएको घटनाले उहाँको सरलता र महानता झल्कन्छ, रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवर्द्धन उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी गरिएको सन्देशमा जनाइएको छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिएका भानुभक्तले भाषिक एकीकरणको सुरुआत गरेका थिए । रामायण, बुधशिक्षा, भक्तमाला, रामगीतालगायत उनका कैयौँ रचनाहरूले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना जगाउन र नेपाली संस्कृतिलाई बलियो बनाउन भूमिका खेलेका छन् ।
गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्तको सम्मानमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मातृ मृत्युदर घटाउन सेवा र निगरानीको पहुँच पुर्याउनुपर्छ’: मुख्यमन्त्री पाण्डे
सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु आवश्यक छ : मुख्यमन्त्री पाण्डे