दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संस्कृति संरक्षणका लागि स्थानीय जागरूक हुनुपर्नेमा जोड दिएका छन् ।
नेवा: देय् दबु गण्डकी प्रदेश समितिको आयोजनामा आजदेखि तनहुँको भिमाद नगरपालिका–६ भीमाद रङ्गशालामा सुरु प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धर्म, संस्कृति जोगाउनु सबैको दायित्व भएको उल्लेख गरे ।
गण्डकी प्रदेश संस्कृतिमा धनी रहेको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले भाषा, कला, संस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री पाण्डेले लाखे नाच प्रतियोगिताले यसको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पछिल्लो समय मौलिक संस्कृति लोप हुँदै गएकाले संस्कृति जगेर्नाका लागि लाखे नाच प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष मथुराकृष्ण श्रेष्ठले जानकारी दिए। उनले भने, “संस्कृति संरक्षण गर्दै भावी पुस्तालाई यसको हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ । अहिलेका पुस्ताले मौलिक संस्कृतिप्रति चासो नदेखाउँदा लोप हुन सक्छ ।”
प्रतियोगितामा गण्डकी प्रदेशका नौ जिल्लाबाट सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख एक हजार एक सय ११, द्वितीय हुनेलाई रु ६१ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, “विगतमा लाखे नचाउँदा छुट्टै उत्साह हुन्थ्यो, अहिले यो प्रचलन क्रमश: घट्दै जान थालेको छ । यसको संरक्षणका लागि प्रयास गरेका हौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ भदौ २०८२, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ’: मुख्यमन्त्री पाण्डे
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण छ’: मुख्यमन्त्री पाण्डे
‘मातृ मृत्युदर घटाउन सेवा र निगरानीको पहुँच पुर्याउनुपर्छ’: मुख्यमन्त्री पाण्डे
सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु आवश्यक छ : मुख्यमन्त्री पाण्डे