गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका हरेक निर्णयलाई पारदर्शी बनाइने बताएका छन् । पोखरास्थित प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको आज उद्घाटन गर्दै उनले मन्त्रिपरिषद् बैठकका निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्ने गरिएको बताए ।
“चौबीस घण्टाभित्र र २४ घण्टापछि सार्वजनिक गर्नुपर्ने निर्णय सोहीअनुसार हुन्छ, मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयबारे पत्रकारले पनि चासो दिनुपर्छ”, मुख्यमन्त्री पाण्डेले भने, “कुनै कारणले लुकेको सूचना पनि मिडियामार्फत बाहिर ल्याउँछ ।”
मन्त्रिपरिषद्ले गरेका निर्णयलाई थप पारदर्शी बनाउँदै लगिने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले प्रेस रजिष्ट्रार कार्यालयलाई प्रदेश सरकारले कुनै खालको हस्तक्षेप नगर्ने बताए । आमसञ्चार क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रेस रजिष्ट्रार कार्यालयले स्वतन्त्र तबरले काम गर्नुपर्ने उनले बताए।
“मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेका कारण प्रेस रजिष्ट्रार कार्यालयमाथि प्रदेश सरकारको हस्तक्षेप रहन्छ कि भन्ने आसंका उब्जिन सक्छ, तर हामी त्यसो हुन दिँदैनौँ”, मुख्यमन्त्री पाण्डेले भने। सोही अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले आमसञ्चार क्षेत्र हेर्ने प्रादेशिक संरचना स्थापना हुनु सुखद पक्ष रहेको उल्लेख गर्दै प्रेस रजिष्ट्रार कार्यालयको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण
‘समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ’ : मुख्यमन्त्री पाण्डे
संस्कृति संरक्षणका लागि स्थानीय जागरूक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण छ’: मुख्यमन्त्री पाण्डे
‘मातृ मृत्युदर घटाउन सेवा र निगरानीको पहुँच पुर्याउनुपर्छ’: मुख्यमन्त्री पाण्डे
सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे