काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन प्रक्रिया स्वच्छ र विश्वसनीय रूपमा सञ्चालन हुने विषयमा आशंका व्यक्त गरेका छन्।
झापा जिल्लाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचनलाई धाँधलीरहित बनाउन सरकार गम्भीर र उत्तरदायी हुनुपर्ने धारणा राखे।
उनले कुनै पनि प्रकारको अनियमितता आफ्नो दलका लागि अस्वीकार्य रहने उल्लेख गर्दै राज्य संयन्त्रको दुरुपयोगमार्फत मतपरिणामलाई प्रभावित पार्ने प्रयास भए लोकतान्त्रिक शक्तिहरूले त्यस्तो नतिजालाई मान्यता नदिने चेतावनी दिए। त्यस्ता गतिविधि तत्काल रोक्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसतर्फ पर्याप्त विश्वस्त हुन नसकेको पनि संकेत गरे।
ओलीले अघिल्लो समय सार्वभौम संसद् विघटनको घटनालाई स्मरण गर्दै त्यसबाट मुलुक अस्थिरतातर्फ धकेलिएको तर्क प्रस्तुत गरे।
आगामी निर्वाचनबाट आफ्नो दल पहिलो शक्ति बन्ने दाबी दोहोर्याउँदै उनले मुलुकले सामना गरिरहेका समस्या समाधानका लागि एमाले नेतृत्व सक्षम रहने दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप