काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ अदालतको आदेशअनुसार हिरासतबाट मुक्त भएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेल को इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै प्रसाईँलाई रिहा गर्न आदेश दिएको थियो।
प्रसाईँलाई जिल्ला प्रहरी परिसरमा गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईँले गत साता सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
यसअघि निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने गतिविधिमा संलग्न रहेको आरोप उल्लेख गर्दै निर्वाचन आयोग ले प्रहरीलाई कारबाहीका लागि पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले उनलाई फागुन ४ गते काठमाडौँबाट नियन्त्रणमा लिएको थियो।
मंगलबार नै रिहा गर्न आदेश जारी भए पनि कार्यालय समयभित्र आवश्यक प्रशासनिक प्रक्रिया पूरा हुन नसकेकाले उनलाई बुधबार मात्र हिरासतबाट मुक्त गरिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी
‘राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन्’ : दुर्गा प्रसाईं