काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिनु अर्थहीन भएको बताएका छन् ।
श्निबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति जनाउँदै प्रयोजनहीन भएको आरोप लगाए ।
उनले भने, ‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपर्थ्यो । निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख व्यवहारिक रुपमा अर्थहीन छ । प्रयोजनहीन छ ।’
सैद्धान्तिक रुपमा पनि भोलिका दिनमा एउटा नजिर बस्ने बताउँदै समयमै न्याय सम्पादन नहुनु म्याद गुज्रिएको औषधिजस्तो हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ फागुन २०८२, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली