काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित कानुनी कारबाही, संस्था व्यवस्थापन तथा सेवाग्राहीका गुनासा सम्बोधनका क्षेत्रमा सक्रियता बढाएको छ। विभागको २०८३ असार २४ गतेको कार्यप्रगति विवरणअनुसार सो दिन विभिन्न शीर्षकमा उल्लेखनीय काम भएको जनाइएको छ।
विभागको मुद्दा तथा अनुसन्धान शाखाले एकै दिन १८ वटा नयाँ मुद्दा दर्ता गरेको छ। अनुसन्धान तथा कानुनी प्रक्रियाअन्तर्गत ११ वटा मुद्दामा आपसी सहमति (मिलापत्र) गरिएको विभागले जनाएको छ। यस क्रममा ५ जनालाई नियन्त्रणमा लिई उपस्थित गराइएको छ भने १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। थप १६ जनाका सम्बन्धमा पक्राउ अनुमति लिइएको विभागको विवरणमा उल्लेख छ।
संस्थागत व्यवस्थापनतर्फ संस्था दर्ता शाखाले उक्त दिन ५२ वटा म्यानपावर कम्पनीको नवीकरण गरेको छ। साथै, वैदेशिक रोजगारपूर्व अभिमुखीकरण तालिम सञ्चालन गर्ने ९ वटा संस्थाको समेत नवीकरण गरिएको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, १३ : ०२
लेखकबाट थप