काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गएको २०७९ सालको निर्वाचनमा आफूले गरेको प्रतिबद्धता अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन भई ५० विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरेका छन्।
मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नं. २ को मृगौलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले विगतको तुलनामा सुन्दरहरैंचाको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको बताए।
विद्यार्थी सङ्ख्या बढ्दै जाँदा वडा नं. २ को विकासले थप गति लिने विश्वास व्यक्त गरे। नदी नियन्त्रण, वृन्दावन गौशाला तटबन्ध, तेलिया खोला तटबन्ध, गछिया खोला तटबन्ध, सडक तथा भवन निर्माण, मठ-मन्दिर तथा धार्मिक स्थल संरक्षण, शैक्षिक संस्था विकास, मृगौलिया खानेपानी आयोजना विस्तारलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको बताए।
मृगौलियाका किसानका लागि सिँचाइ व्यवस्थालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। सुन्दरहरैंचालाई थप विकास गर्दै अझै सुन्दर बनाउने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले स्थानीय मतदातासँग समर्थनको अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाको प्रतिबद्धता : ‘सुकुमवासी व्यवस्थापन र विराटनगर विकासलाई प्राथमिकता’
डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन: डा. शेखर कोइराला
डा. शेखर कोइरालाद्वारा आफूनिकट जिल्ला सभापतिसँग छलफल