डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०८२, १३ : ०६
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका-४ का स्थानीय नेतासँगको भेटघाट कार्यक्रममा कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए ।

उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले काँग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।

‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ कोइरालाले भने , ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ थियो । ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस