काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्।
बुधबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार बनेदेखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक संकट आउने भएकाले काँग्रेसले निर्वाचनमा जोड दिएको बताएका हुन्।
नेता कोइरालाले आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे।
तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ। उनले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे।
फरक प्रसंगमा नेता कोइरालाले काँग्रेसको विधान अनुसार शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए। उनले तोकिएको समयमा नै काँग्रेसको महाधिवेशन हुनुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
डा. शेखर कोइरालाद्वारा आफूनिकट जिल्ला सभापतिसँग छलफल
डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक
गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ : डा. शेखर कोइराला