काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा आवाज उठाइरहेको बताएका छन्। विशेष महाधिवेशन उद्घाटन संघारमा भिडिओ सन्देश जारी गर्दै पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको बताए।
उनले भने, ‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ। तर पनि म काँग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ । म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकांक्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन।’
उनले आफ्नो परिवारबाट पाएको शिक्षा जीवन दर्शन बनाएको बताए। उनले भने, ‘म यही जीवन दर्शनबाट अभिप्रेरित भएर काँग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ जो ऊर्जावान र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन: डा. शेखर कोइराला
डा. शेखर कोइरालाद्वारा आफूनिकट जिल्ला सभापतिसँग छलफल
डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक
गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ : डा. शेखर कोइराला
‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’ हुनेछः शेखर कोइराला