काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकाल पूरा गर्नका लागि राजनीतिक स्थायित्व अभाव भएको अवस्थामा चार पटक प्रधानमन्त्री बन्नुपर्ने अनुभव रहेको बताएका छन्।
निर्वाचन अभियान अन्तर्गत घरदैलो कार्यक्रममा मतदातासँग संवाद गर्दै उनले आफ्नो कार्यकालमा सुरु गरेका विकास परियोजना र सुधारात्मक पहलहरू राजनीतिक दबाबका कारण बारम्बार रोकिएको बताए।
अध्यक्ष ओलीले औद्योगिक क्षेत्र स्थापना, सामुदायिक भवन र रंगशाला निर्माण जस्ता विकास पहललाई पनि विभिन्न बाह्य र आन्तरिक शक्तिहरूले अवरोध गरिरहेको बताएका छन्। उनले भ्यु टावर परियोजनालाई उदाहरण दिँदै यसलाई आइटी उद्योग र इन्भेस्टमेन्ट केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली