काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बांङ्लादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने बताएका छन् । उनले बांङ्लादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिए ।
काठमाडौँबाट आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ आउने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले नेपालको निर्वाचन परिणाम पनि बांङ्लादेशकै जस्तो हुने बताए । सामाजिक सञ्जालमा पपुलर व्यक्तिहरू पराजित भएको र आन्दोलनपछि उदाएको दल कम सिटमा खुम्चिएको बारे पत्रकारले जिज्ञासा राखेका थिए ।
ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको दोहोर्याए । पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनिनसकेको उनको भनाइ थियो ।
यसअघि अध्यक्ष ओलीले झापा-५ का कमल, गौरादह तथा गौरीगञ्जमा मतदातासँग भेटेका थिए । यसपटक दमक केन्द्रित हुने बताइएको छ । अधिकांश मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको उनले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ फागुन २०८२, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली