बलात्कार आरोपमा खैरहनीका इन्स्पेक्टर प्रकाउ

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०८२, १६ : ३०
बलात्कार आरोपमा खैरहनीका इन्स्पेक्टर प्रकाउ

काठमाडौँ । महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।

२०८२ भदौमा मतहले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै एकजना महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले सफल खबरलाई जानकारी दिए।

 

महिलाले पदको दबाब र प्रलोभन देखाएर पटक–पटक यौन शोषण गरेको आरोप लगाएकी छन्। असोज १ गते समस्या लिएर कार्यालय पुगेकी उनलाई कफी खान बोलाई क्याफेमा लगेर जबरजस्ती करणी गरेको र पछि कार्यालयमै पनि दुर्व्यवहार तथा कुटपिट गरेको उनको जाहेरीमा उल्लेख छ।

 

यस विषयमा जिल्ला प्रहरी कार्यालय चितवनले औपचारिक कुनै पनि प्रतिक्रिया दिएको भने छैन। घटना असोजको भएको जाहेरीमा उल्लेख छ।