झापा ।। नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहका ११ ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् ।
पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार ११ बजे गौरादहको चारआलीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ ।
पार्टीले दिएको जानकारी अनुसार बिहान ११ः४५ बजे पेट्रोलपम्पमा, १२ः३० बजे डिठा चोक, दिउँसो १ बजे हाँसखोरामा मतदातासँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ ।
यसैगरी दिउँसो १ः३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठकेमा कार्यक्रम राखिएको छ । यस्तै २ः३० बजे बैराती, ३ बजे जुरोपानी र ३ः३० बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । यस्तै ४ः१५ बजे जामबाडी र ४ः४५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिए ।
अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गरेका छन् ।
अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएका भौतिक, शिक्षा र स्वास्थ्यका असुविधालाई बढी उठाउने गरेका छन् ।
अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथानदेखि स्कूलचौनसम्मका १० ठाउँमा मतदातासँग भेटघाट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने