काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिएको बताएका छन् । झापाको एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वेदहरूले भनेजस्तै ‘सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्’ भन्ने आफूले पनि चाहेको बताएका हुन् ।
‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भनेको छु,’ उनले भने, ‘यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो ।’
विश्वमा ज्ञान, सृष्टिजस्ता अनेक रचना गर्ने नेपालीका पूर्वजहरू नै रहेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०८२, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप