काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् ।
‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ’, कावा प्रमुख आयुक्त भण्डारीले भने ।
भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । त्यसक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका हुन् ।
यसकारण प्रारम्भमा सुरक्षाको विषयमा धेरैको चासो रहनु स्वाभाविक रहेको कावा प्रमुख आयुक्त भण्डारी बताउँछन् । ‘विद्रोहपछिको सरकार हो । संविधान जीवित छ,’ उनी भन्छन्, ‘पुरानो भइरहेको शक्ति र नयाँ आएका शक्तिहरूको बिचमा सन्तुलित वातावरण कायम भएन भने निर्वाचन शान्तिपूर्ण वातावरणमा हुँदैन् ।’ सुरक्षाका चुनौती पहिचान गरेर सरकारसँग पटक–पटक छलफल गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०८२, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र अनुसार मतदाताको तथ्यांक सार्वजनिक
समानुपातिक सूचीबाट हटाइएका व्यक्तिको विवरण सार्वजनिक
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल