काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवार खगेन्द्र सुनारको विगतका अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उत्पन्न विवाद र चासोका सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवार सुनारले आफ्ना पुराना अभिव्यक्तिप्रति आत्मलोचना र क्षमायाचना गरिसकेको जानकारी दिनुभएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार सुनारले आफू रास्वपामा जोडिनुअघि व्यक्त गरेका कतिपय कुराले धार्मिक-सांस्कृतिक भावनामा चोट पुगेको भए त्यसका लागि माफी माग्नुभएको छ। उहाँले आफू "शाकाहारी भएको, पशु-पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको" स्पष्ट पार्दै आफ्ना भनाइहरू तोडमोड गरी प्रचार गरिएको दाबी गर्नुभएको छ।
पार्टीले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराएको छ। रास्वपाले नेपालको सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधता र राष्ट्रिय एकताप्रति आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्वहरूको पक्षमा पार्टी नरहेको उल्लेख गर्दै रास्वपाले आफ्ना उम्मेदवारहरू संसदमा मर्यादित र देशको विधि-विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिने विश्वास दिलाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०८२, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा
सट्टेबाजीको अवैध जालो: कानुनी बन्देजका बिच धन्दामा 'मेलबेट' र मेलबेटका नेपाली एजेन्ट
मालपोत कार्यालयमा दलाली नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन, १६ जना पक्राउ
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ