काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध अघि बढाइएको अभियान असहज ठान्ने केही समूहको दबाबका कारण आफू नेतृत्वको सरकार निरन्तर रहन नसकेको दाबी गरेका छन्।
रुकुम पूर्व-काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सुशासन, सामाजिक न्याय र आर्थिक उन्नतिलाई केन्द्रमा राखेर सरकारले अघि सारेका पहलहरूले निश्चित स्वार्थ समूहलाई असन्तुष्ट बनाएको उल्लेख गरे।
उनका अनुसार प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेद अन्त्यका लागि कडा कदम चालिएको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम गर्दै विकास प्रक्रियालाई गति दिन खोज्दा ती प्रयासहरू अवरोधित भए र त्यसकै परिणामस्वरूप सरकार परिवर्तन भएको उनको भनाइ छ। ती अधुरा पहललाई निरन्तरता दिन जनसमर्थन र संगठनात्मक दृढता आवश्यक भएकाले आफू पुनः जनताको बीचमा फर्किन लागेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०८२, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग
लेखनाथ न्यौपानेको जित सुनिश्चित भएको ‘प्रचण्ड’को दाबी
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ: प्रचण्ड