काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा पार्टीको मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेससँग रहने बताएका छन्। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई एमालेको प्रत्यक्ष प्रतिस्पर्धी शक्तिका रूपमा हेर्नु उपयुक्त नहुने विश्लेषण छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपाली काँग्रेस ऐतिहासिक रूपमा स्थापित र हाल पनि प्रभावशाली राजनीतिक शक्ति रहेकाले चुनावी प्रतिस्पर्धा मुख्यतः काँग्रेससँग नै केन्द्रित हुने स्पष्ट पारे। उनले काठमाडौँलगायत सहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव सीमित रहेको र प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धात्मक हैसियतमा नदेखिएको धारणा व्यक्त गरे।
उनका अनुसार रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा केही बढ्दो देखिए पनि त्यो प्रभाव प्रत्यक्ष चुनाव जित्ने स्तरसम्म नपुगेको आँकलन गरिएको छ। यस कारण एमालेका लागि प्रमुख प्रतिस्पर्धीका रूपमा काँग्रेस नै रहने उनको भनाइ थियो।
महासचिव पोखरेलले समानुपातिक तर्फको मत प्रवृत्तिबारे पनि धारणा राख्दै अघिल्लो निर्वाचनमा सहरी क्षेत्रबाट रास्वपालाई बढी मत गएको भए पनि यस पटक त्यसमा कमी आउन सक्ने संकेत गरे। यद्यपि, प्रत्येक जिल्लाबाट केही न केही मत प्राप्त गर्ने सम्भावना रहेकाले ग्रामीण क्षेत्रबाट भने रास्वपाको समानुपातिक मत हिस्सा बढ्न सक्ने आकलन गरिएको उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग