चितवन । चितवनको रत्ननगर नगरपालिका–४ मा ६३ वर्षीया सुकमाया देवी तामाङको हत्या गरी लुटपाट गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८१ साल साउन २६ गते बिहान करिब १० बजे सुकमाया देवी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनास्थलको अवस्था हेर्दा मृतकको हात, खुट्टा र मुख कपडाले बाँधिएको अवस्थामा रहेको तथा कोठा र दराजमा रहेका सामानहरू छरपस्ट देखिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरूले योजनाबद्ध रूपमा घरमा प्रवेश गरी सुकमाया देवीलाई नियन्त्रणमा लिई हत्या गरेको र नगद रकम तथा मोबाइल फोन लुटपाट गरी फरार भएको खुलेको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेहरू यसप्रकार छन्:
रत्ननगर नगरपालिका–७ निवासी शुक्रबहादुर भोलन
ललितपुर महानगरपालिका–१० निवासी सुदीप बाइबा
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–४ निवासी बुद्धिमान लामा
इच्छाकामना गाउँपालिका–३ निवासी मिलन भन्ने बहादुर गुरुङ
काठमाडौं थानकोट निवासी हिरा बहादुर स्याङतान
प्रहरीले विभिन्न जिल्लामा गरिएको खोजतलास तथा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा प्रहरीले:
ना. २५ प ६९६६ नम्बरको २२० सी.सी. पल्सर मोटरसाइकल,
बागमती प्रदेश ०२–००२ ज ७५८६ नम्बरको ट्याब्लेट,
मृतकको स्क्रिनटच मोबाइल फोन एक थान,
तथा प्रतिवादीको साथबाट बरामद गरिएको मोबाइल फोन एक थान
बरामद गरेको जनाएको छ।
हाल पक्राउ परेका सबै अभियुक्तमाथि कर्तव्य ज्यान तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा
सट्टेबाजीको अवैध जालो: कानुनी बन्देजका बिच धन्दामा 'मेलबेट' र मेलबेटका नेपाली एजेन्ट
मालपोत कार्यालयमा दलाली नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन, १६ जना पक्राउ
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ