राजीनामा नलेख्ने सोचमा पुगे बालेन

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०८२, १३ : १०
राजीनामा नलेख्ने सोचमा पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट राजीनामा नदिने मनस्थितिमा पुगेका छन् ।

६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले राजीनामा लेखिराख्नु नपर्ने उनको सचिवालय स्रोतले बतायो ।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।

तर, नेपाली कांग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस