काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुसको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.६८ प्रतिशत विन्दुमा झरेको छ । पुस महिनामा ४.८३ प्रतिशत विन्दुमा थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आईएमई बैंक दिने भएको छ । यस बैंकले अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने सबैभन्दा कम ब्याज दिने भएको छ । यस बैंकले अधिकतम ४.३६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३० पुस २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक