माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?

रासस

बुधबार, ३० पुस २०८२, ११ : २४
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुसको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.६८ प्रतिशत विन्दुमा झरेको छ । पुस महिनामा ४.८३ प्रतिशत विन्दुमा थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आईएमई बैंक दिने भएको छ । यस बैंकले अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने सबैभन्दा कम ब्याज दिने भएको छ । यस बैंकले अधिकतम ४.३६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस