काठमाडौ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा प्रस्तुत दस्तावेज र नेताहरूका अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ज्ञवालीले भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति कांग्रेस विशेष महाधिवेशन पक्षधरले रहस्यमय मौनता साधेको आरोप लगाएका हुन्।
लोकतान्त्रिक आन्दोलनको सहयात्रीको नाताले कांग्रेस एकताबद्ध र सुदृढ बनोस् भन्ने चाहना राख्दै ज्ञवालीले आन्दोलन र अराजकताबीचको लक्ष्मणरेखा चिन्न भने सुझाव दिएका छन्।
नेता ज्ञवालीले भदौ २३ गतेको भद्र प्रदर्शन र २४ गतेको हिंसालाई अलग गरेर हेर्नुपर्ने बताएका छन्। उनले लेखेका छन्, 'समाजमा असन्तुष्टि थियो, युवाहरूको दूरी सत्तासँग बढेको थियो। तर, भदौ २४ गते प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रूपान्तरण गर्ने र युवाहरूलाई मानवढाल बनाउने कृत्यमा संलग्नहरूलाई 'जेन्जी आन्दोलनकारी' ठान्नु र त्यसैको आडमा भएको देश दहनलाई उचित ठहर्याउनु अपराधलाई वैधता दिनु हो।'
ज्ञवालीले आक्रोश र विद्रोहका नाममा हुने विध्वंशलाई स्वीकार गर्न नसकिने बताएका छन्। 'अराजकता र आन्दोलन एउटै होइनन्। विध्वंश र विद्रोह एउटै होइनन्,' उनले भनेका छन्, 'नेतृत्वका गल्तीको बहानामा लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि नै भएको आक्रमणलाई जायज ठहर्याउन थालियो भने हामी कहाँ पुगिएला ?'
नेतृत्वको विरोध गर्ने नाममा कम्तीमा लोकतान्त्रिक शक्ति कांग्रेसले अराजकता र विध्वंशको बाटोलाई समर्थन गर्न नहुने उनको भनाइ छ ।
ज्ञवालीले वर्तमान 'कथित नागरिक सरकार' प्रति ४ महिनामै सर्वत्र असन्तुष्टि देखिएको दाबी समेत गरेका छन्। उनले ऊर्जा व्यापारमा भएको घोटाला, घाइतेहरूको उपचारमा गरिएको बेवास्ता, गैरकानुनी काममा संलग्नहरूलाई दिइएको संरक्षण र मन्त्रीहरूका विवादास्पद निर्णयले स्वयं 'जेनजी अभियन्ता'हरू समेत असन्तुष्ट रहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?
'एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय' : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'