दुई संसदीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०८२, १० : ०८
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । 

बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने कार्यसूचीमा उल्लेख छ । 

बिहान साढे ११ बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस