एमाले एक्लैको बहुमत आउँछ: महेश बस्नेत

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०८२, १४ : ०७
एमाले एक्लैको बहुमत आउँछ: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एक्लै चुनाव जाने र बहुमत ल्याउने दाबी गरेका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेले आन्दोलन र चुनावी तयारीलाई एकै ठाउँमा लिएर जाने बताएका हुन्।

उनले भने, ‘हामी एक्लै चुनावमा गएर बहुमत ल्याउन सक्छ भन्ने बुझाइमा छौँ तर विदेशीको घोषित दलाल, भ्रष्टाचार, सहकारी ठगी अनेक काण्डमा मुछिएकाहरू एक ठाउँमा मिलेर आएका छन्। राष्ट्रिय सभामा काँग्रेससँग एउटा सहमति भइसकेको छ।’

एमाले राष्ट्रियताको अडानमा दृढ रहेको र देशको अस्तित्व रक्षाको लागि एकजुट हुनुपर्ने पनि बताए।

उनले थपे, ‘प्रतिनिधि सभाको विषयमा पनि मुलुकको अस्तित्व नै संकटमा भइरहेको बेलामा एनजिओ, आइएनजीओ र बर्बरा फाउन्डेसन, हामी नेपालीदेखि विभिन्न नामधारी संस्थाहरू बनाएर नेपाललाई नै कोल्याप्स बनाउने षड्यन्त्र भइरहेको बेलामा राष्ट्रवादी धारको नेतृत्व गर्ने एमाले र काँग्रेस एक ठाउँमा रहनुपर्छ। चुनाव हुँदा पनि उच्चस्तरको समझदारी गरेर तालमेल हुने स्थिति आए पनि छलफल गर्नुपर्छ भन्ने विचार छ।’

प्रतिक्रिया दिनुहोस