काठमाडौ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले मिडियामार्फत लिक भएको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले उक्त प्रतिवेदन 'लिक' भएको नाममा आग्रहपूर्ण र षड्यन्त्रपूर्ण ढङ्गले बाहिर ल्याइएको आरोप लगाएका हुन् ।
सचिव बस्नेतले केही नेता, प्रशासक, सेना, सुरक्षाकर्मी, पत्रकार र कलाकारलाई मात्र दोषी देखाएर भदौ २४ गतेका आगजनी, तोडफोड र व्यक्तिहत्याका गम्भीर घटनाहरूलाई ओझेलमा पार्न खोजिएको टिप्पणी गरेका छन् । प्रतिवेदनले वास्तविक दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उनीहरूलाई नै जयजयकार गर्ने प्रवृत्ति सुरु गरेको भन्दै उनले यसलाई दुःखद बताएका छन् ।
भदौ २३ र २४ गतेका घटनाहरूको स्मरण गर्दै बस्नेतले आन्दोलन भड्काउन स्कुले बालबालिकालाई जबरजस्ती सडकमा उतारेर आतंक सिर्जना गरिएको दाबी गरे । उनले सदन, सिंहदरबार, सर्वोच्च अदालत र निजी क्षेत्रका उद्योगहरूमा भएको तोडफोडमा विभिन्न सन्देहास्पद एनजीओ तथा आइएनजीओको रकम प्रयोग भएको विषयलाई प्रतिवेदनले बेवास्ता गरेकोमा प्रश्न उठाएका छन् ।
शक्ति र पहुँचको आडमा गरिने उग्र गतिविधि समाजका लागि स्वीकार्य नहुने उल्लेख गर्दै उनले भनेका छन्, 'शक्ति आज छ, भोलि हुँदैन, त्यसैले समयमै सम्हालिनु बुद्धिमानी हुन्छ ।'
बस्नेतले प्रतिसोध र द्वन्द्वको बाटो रोज्दा मुलुक फेरि अर्को आन्दोलनको भुमरीमा फस्ने र फेरि अर्को 'कार्की आयोग' गठन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन् । शान्ति र प्रगतिको बाटो छाडेर द्वन्द्व निम्त्याउन खोज्नेहरूलाई समयमै सचेत रहन उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत
महेश बस्नेतले भक्तपुर-२ बाट गराए उम्मेदवारी दर्ता
कुलमान न घरको न घाटको भए, अब पालो बालेनको : महेश बस्नेत
एमाले एक्लैको बहुमत आउँछ: महेश बस्नेत
भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत उम्मेदवार सिफारिस