‘जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो’ : ओली

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०८२, १२ : २२
‘जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो’ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको भन्दै २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल सम्बोधनको क्रममा नेपालमा लोकतन्त्र विस्थापनको ठुलो सिलसिला गम्भीर ढंगले सुरु गरिएको भए पनि जनताको सचेतनताले प्रतिगमनकारीले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्‍याउन नसकेको दाबी गरेका हुन् ।

‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो’, ओलीको भनाइ छ ।