प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट

प्रसाईंलाई बुद्धको फोटो दिंदै प्रधानमन्त्रीले -शान्ति स्थापनाको बाटो निर्वाचन हो

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०८२, १३ : ३७
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस