काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले जेनजी अभियन्ता सुदन गुरुङको प्रशंसा गर्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर समेत रहेका बालेनले मध्यरातमा लेखेको उक्त स्टाटसमा देश बनाउने कुरा सबैले गर्ने भए पनि त्यसका लागि प्रयास गर्ने व्यक्ति नै महत्वपूर्ण हुने उल्लेख छ ।
उनले स्टाटसमा सुदन गुरुङले निर्वाह गरेको भूमिकालाई देशले लामो समयसम्म नबिर्सने दाबी गरेका छन् । “देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्वपूर्ण हुन्छ,” बालेनले भनेका छन् ।
जेनजी अभियन्ताका रूपमा परिचित सुदन गुरुङ पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूको एकताका लागि सक्रिय रहँदै आएका छन् । उनको समेत सक्रियतामा बालेन र कुलमान घिसिङ रास्वपामा सक्रिय हुन सहमत भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, ०६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोयटर्सले लेख्यो : 'र्यापर बालेन अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा'
बालेनको भागमा ४० जना समानुपातिक उम्मेदवार
रविसँग बालेन र कुलमानको आ– आफ्नै प्रस्ताव
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
बालेन–रवि भेटघाटको रहस्य: राजनीतिक संकेत कि औपचारिक छलफल?
रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता