काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले जेनजी अभियन्ता सुदन गुरुङको प्रशंसा गर्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर समेत रहेका बालेनले मध्यरातमा लेखेको उक्त स्टाटसमा देश बनाउने कुरा सबैले गर्ने भए पनि त्यसका लागि प्रयास गर्ने व्यक्ति नै महत्वपूर्ण हुने उल्लेख छ ।
उनले स्टाटसमा सुदन गुरुङले निर्वाह गरेको भूमिकालाई देशले लामो समयसम्म नबिर्सने दाबी गरेका छन् । “देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्वपूर्ण हुन्छ,” बालेनले भनेका छन् ।
जेनजी अभियन्ताका रूपमा परिचित सुदन गुरुङ पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूको एकताका लागि सक्रिय रहँदै आएका छन् । उनको समेत सक्रियतामा बालेन र कुलमान घिसिङ रास्वपामा सक्रिय हुन सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, ०६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा