काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको अनुहारै नहेर्ने बताएकी प्रधानमन्त्री सुशीला कार्कीकै निम्तोमा कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज बालुवाटार पुगे ।
गत भदौं २३ र २४ को जनेजी विद्रोहपछि ओली प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टरमा त्यही बालुवाटारबाटै भागेका थिए । त्यसपछि उनी शनिबार १०९ दिनपछि बालुवाटार प्रवेश गरेका हुन् ।
देउवा भने ११० दिनका दिन बालुवाटार पुगेका हुन् । देउवा ओली भदौं २३ गते राती मध्यरातसम्म बालुवाटारमा जेनजी विद्रोह बारे अव कसरी अगाडी बढ्ने भन्ने निर्णय लिन छलफलमा जुटेका थिए । तर भोलिपल्टै अनपेक्षित घटना घटेपछि देउवा आफ्नी श्रीमती तत्कालिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित आफ्नै निवास बुढानिलकन्ठमा कुटिएका थिए । ओल ीभने बालुवाटारबाट पदवाट राजीनामा दिएर सेनाको हेलिकप्टरमा भागेका थिए । प्रचण्ड भने प्रतिपक्षी नेता भएको र ओलीसँगको सम्वन्धमा चिसोपना देखिएकोले बालुवाटार नपुगेको अलिक लामै समय भएको थियो । तीन शीर्ष नेताले प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेलले शनिबार दिउँसोलाई बालुवाटार निम्तो दिन पुगेपछि बालुवाटार पुगेका थिए ।
आगामी फागुन २१ मा सरकारले तोकेको निर्वाचन वातावरण निर्माणका लागि प्रधानमनत्रीले प्रम्ुख दलका तीन शीर्ष नेतासँग छलफलका लागि देउवा, ओली र प्रचण्ड बालुवाटारमा निम्ताइएको थियो । सुरुमै सञ्चारमन्त्रीले शीर्ष नेतालाई बालुवाटारको बैठक कक्षमा स्वागत गदै निर्वाचन वातावरणका लागि प्रधानमन्त्रीले छलफल गर्न चाहेको पृष्ठभूमि बताएकी थिइन् ।
त्यसपछि प्रधानमन्त्रीले लामै समय लिएर सरकारले निर्वाचनका लागि गरिरहेको तयारीका बारेमा विफ्रिङ गरेकी थिइन् । बैठकमा भएको छलफलबारे सञ्चारमन्त्रीले बैठकपछि निर्वाचन गराउने विषयमा सरकारले गरिरहेको तयारीमा दलहरुले प्रतिवद्दता जनाएको बताएका थिए । तर ओली बाहेक देउवा र प्रचण्डले भने समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउने समय निर्वाचन आयोगले तय गरे अनुसार अलिक नभ्याइने हो की भनी धारणा राखेको स्रोतले बताएको छ । प्रचण्डले आफनो पार्टी सुरु देखि नै निर्वाचनको लागि तयार भएपनि अन्य दलहरुको तयारीका कारण समय अपुग हुने देखिए ५ दिन बन्दसूची बुझाउने समय पछि सार्नुपर्ने धारणा राखेका थिए ।
प्रचण्डको त्यस्तो प्रस्तावमा कांग्रेस सभापति देउवाले पनि सहमति जनाएका थिए । उनले आफनो पार्टीभित्र समानुपातिक बन्दसूचीको तयारी गर्न समय लाग्न सक्ने भन्दै प्रचण्डले भनेजस्तै समय थप गर्नुपर्ने हुनसक्ने धारणा राखेका थिए ।
निर्वाचन आयोगले दलहरुलाई पुस १३ र १४ गते समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूची बुझाउने कार्यतालिका तय गरेको छ । ओलीले आफनो पार्टीमा समस्या नरहेको बताएपनि अन्य दलहरुको समेत अवस्था र अप्ठ्यारो बुझन भने प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
एमालेले समानुपातिक उम्मेदवारहरुको बारेमा छलफल गर्न आइतबार सचिवालय बैठक समेत बोलाएको छ । कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाटै यसबारेमा निर्णय लिने जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीले भने शीर्ष नेताहरुका बीचको छलफललाई आधार बनाउन खोजेको छ ।
चुनावको अझै वातावरण नबनेको बताईरहेको एमालेले भने बन्दसूची बुझाउने सवालमा आफनो पार्टीले होमवर्क गरिसकेको र टुंग्गो लगाई बुझाउन कुनै समस्या नरहेको धारणा राखेका थिए ।
बालुवाटार स्रोतका अनुसार, ओलीले बारम्बार बालुवाटार बैठकमा पनि चुनावको वातावरणको प्रश्न उठाईरहेका थिए । तर ओलीलाई शनिबारको छलफलमा देउवाले बेलाबेला रोकेर आफुले सन्तुलित वातावरण बनाउन भूमिका खेलिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ पुस २०८२, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली