काठमाडौँ । राप्रपासँग एकताको सहमति गरेको राप्रपा नेपालले आगामी पुस १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । सम्भवतः यो राप्रपा नेपालको अन्तिम बैठक हुनेछ ।
बैठक दिउँसो १:०० बजे नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार राप्रपा र राप्रपा नेपालबीच पुस १६ गते हुने पार्टी एकता घोषणा सभालाई भव्य बनाउने विषयमा बैठक केन्द्रित हुनेछ ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो हस्ताक्षर गरेका थिए । महामन्त्री बर्तौलाका अनुसार केन्द्रीय समितिको बैठकमा अध्यक्ष थापाले पार्टी सञ्चालनका क्रममा पाएको सहयोग र सद्भावको निमित्त सबै नेताहरूमा धन्यवाद सहित आभार व्यक्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक