काठमाडौँ । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मङ्सिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीति बारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्ने कार्य तालिका रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक