काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ । सहमतिपत्र केवल दुई वाक्यको छ ।
आज राप्रपाको कार्यालय धुम्वाराहीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’
सहमतिपत्रमा हस्ताक्षर गर्दै थापा र लिङदेनले एकअर्कालाई अंकमाल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग