राप्रपा र राप्रपा नेपालबीच सहमति

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०८२, १९ : २०
राप्रपा र राप्रपा नेपालबीच सहमति

काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ । सहमतिपत्र केवल दुई वाक्यको छ ।

आज राप्रपाको कार्यालय धुम्वाराहीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’

सहमतिपत्रमा हस्ताक्षर गर्दै थापा र लिङदेनले एकअर्कालाई अंकमाल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस