गोकर्ण र योगेशप्रति ओलीको आक्रोश, इश्वर पोखरेलको भेलामा पुगेकोमा कडा आपत्ति

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, ०८ : ३०
गोकर्ण र योगेशप्रति ओलीको आक्रोश, इश्वर पोखरेलको भेलामा पुगेकोमा कडा आपत्ति

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका केपी ओलीले दुई दिनमै पार्टीका नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईको कार्यशैलीप्रति चर्काे असन्तुष्टि जनाएका छन् । 

एमालेको एघारौं महाधिवेशनमा विष्ट र भट्टराई ओली इतर समुह अर्थात इश्वर पोखरेल समुहबाट र्विाचित भएका थिए । १९ पदाधिकारीमध्ये यी दुई नेतामात्र ओलीइतर समुहबाट निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै उनीहरु सहभागी एउटा कार्यक्रमलाई लिएर एमाले अध्यक्ष केपी ओलीले आक्रोश पोखेका हुन् ।

ओलीले त्यसरी कुनै समुहको भेलामा जार्ने पर्ने भए आफुलाई जानकारी दिएर मात्र जानुपर्नेमा त्यसो नगरेको भन्दै असन्तुष्टि पोखेका हुन् । उनले सुरु देखि नै पार्टीभित्रको इतर समुह (इश्वर पोखरेल र विधा भण्डारी समुह) प्रति घेरावन्दी गर्ने र ढिम्कन नदिने निति लिन थालेको संकेतका रुपमा ओलीको यो अभिब्यक्तिलाई लिन सकिन्छ । 

शनिबार इश्वर पोखरेल समुहले काठमाडौंको बबरमहलमा आफुपक्षिय समुहको भेला गरी महाधिवेशनको समिक्षा र अवको रणनीतिका बारेमा छलफल गरेको थियो । उक्त भेलामा सोही समुहबाट उम्मेदवार उठेर निर्वाचित भएका उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराई पनि सहभागी भएका थिए । 

त्यही सहभागितालाई लिएर ओलीले विष्ट र भट्टराईप्रति आक्रोश पोखेका हुन् । उनले एक टेलिभिजन अन्तवार्ताका क्रममा त्यसैगरी अगाडी जान खोजिए पार्टी अनुशासन विपरित काममा लागेको भन्दै कारवाही गर्र्नुपर्ने अवस्था आउनेतिर संकेत गरेका छन् । 

कारवाहीको शब्द अन्तवार्ताको क्रममा ओलीले ब्यक्त नगरेपनि त्यसरी अलग समुहको भेलामा जानु पार्टी अनुशासन विपरित हुने सन्देश भने विष्ट र भट्टराईलाई दिएका छन् । 

‘पदाधिकारीमा निर्वाचित साथीहरुले अरुलाई त छोडदिउ, अध्यक्षलाई समेत कुनै जानकारी नदिइकन, हाम्रो बोलचाल त बन्द भएको छैन, सँगै काम गर्ने हो । एउटै कमिटिमा हुनुहुन्छ । गोप्य ढंगले जानुभएको हो भने अघिनै लाइभ दिइसक्यो, म्यासेज दिइसक्यो, समाचार आईसक्यो सबै । त्यसआधारमा गोप्य रहने कुरा पनि भएन । उहाँहरुको सहभागिताको फोटो आइसक्यो । जानकारी नै नदिईकन उहाँहरु किन जानु भयो ?’ ओलीको आक्रोश थियो,‘अध्यक्षलाई त जानकारी दिनुभएन, अरुलाई त झन् दिने कुरा भएन । यी केही उहाँहरुको तरिका नपुगेको देखिन्छ । अनुशासन मिचेको पनि हुनसक्छ, तरिका नपुगेको पनि हुनसक्छ ।’

ओलीले त्यसरी कुनै समुहको भेलामा जार्ने पर्ने भए आफुलाई जानकारी दिएर मात्र जानुपर्नेमा त्यसो नगरेको भन्दै असन्तुष्टि पोखेका हुन् । उनले सुरु देखि नै पार्टीभित्रको इतर समुह (इश्वर पोखरेल र विधा भण्डारी समुह) प्रति घेरावन्दी गर्ने र ढिम्कन नदिने निति लिन थालेको संकेतका रुपमा ओलीको यो अभिब्यक्तिलाई लिन सकिन्छ । 

पोखरेल पक्षले पनि भेलाबाट आफुहरुले उठाँउदै आएको मुद्दा मर्न नदिने र ओलीसँग उनले जे भनेपनि सहज मान्ने गरी आत्मसमर्पण नगर्ने रणनीति बनाएको छ । पोखरेल पक्षले जिल्ला प्रदेश तहमा आफुहरुको समुहको एजेण्डा लिएर जाने रणनीति अवलम्बन गर्न खोजेको छ । यही बुझेरै ओलीले सुरु देखि नै पोखरेल पक्षका कार्यक्रममा जाने, योजना निर्माणमा सहभागी हुनेमाथी अनुशासनको डन्डा चल्छ हैं भनेर चेतावनी दिन खोजेको देखिएको छ । 

एमाले केन्द्रीय कमिटिमा ओली इतर समुह असाध्यै कमजोर अवस्थामा छ । कुल ३०१ केन्द्रीय समितिमा दुई पदाधिकारीसहित जम्मा जम्मी एक दर्जन नेताहरु मात्र इतर समुहबाट निर्वाचित भएका थिए ।