काठमाडौं । नेकपा एमालेको मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्ष केपी ओलीसँग नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको बलियो साथ र समर्थनमा पोखरेलले अध्यक्षको उम्मेदवारी दिन लागेका हुन् । उनले मंसिर ९ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अध्यक्षको उम्मेदवारी घोषण गर्ने तयारी गरेका हुन् ।
‘देखिँदा बाहिर इश्वर पोखरेल अध्यक्षका उम्मेदवार देखिएपनि खासमा भित्री प्रतिस्पर्धा ओली र विद्या भण्डारीकै हुन्छ,’ एमालेका एक पदाधिकारीले सफलखबरसँग भने,‘भण्डारीको सदस्यता रोकेपछि इश्वरलाई अगाडी सार्न लागिएको हो । इश्वरको उम्मेदवारी घोषणामा पूर्व राष्ट्रपति आफैं पनि सहभागी हुनुहुनेछ ।’
पोखरेलको उम्मेदवारी घोषणामा पूर्व राष्ट्रपति भण्डारी आफैं सहभागी हुनेछन् । पोखरेल निकट स्रोतका अनुसार, मंसिर ८ या ९ गतेमध्ये एक दिन एक कार्यक्रम राखेर इश्वर पोखरेलको अध्यक्षको उम्मेदवारी घोषणा हुनेछ ।
पोखरेललाई अहिले एमालेका उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरुको साथ र समर्थन छ । केपी ओलीले विधान संसोधन गदैं आफु अनुकुल विधान सम्मेलनबाट निर्णय गराउने र पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नदिने रणनीतिमा सदस्यता नविकरण नै रोकेपछि भण्डारीले आफनो तर्फबाट पोखरेललाई अध्यक्षको उम्मेदवारका रुपमा अगाडी सारेका हुन् ।
‘देखिँदा बाहिर इश्वर पोखरेल अध्यक्षका उम्मेदवार देखिएपनि खासमा भित्री प्रतिस्पर्धा ओली र विद्या भण्डारीकै हुन्छ,’ एमालेका एक पदाधिकारीले सफलखबरसँग भने,‘भण्डारीको सदस्यता रोकेपछि इश्वरलाई अगाडी सार्न लागिएको हो । इश्वरको उम्मेदवारी घोषणामा पूर्व राष्ट्रपति आफैं पनि सहभागी हुनुहुनेछ ।’
पार्टीको अबको सचिवालय बैठकमा इश्वर पोखरेलले अवको अध्यक्षको उम्मेदवार आफु रहेको र आफुलाई सवैले साथ सहयोग गरी सर्वसम्मत अध्यक्ष बनाउन प्रस्ताव समेत गर्ने भएका छन् । तर उनको प्रस्तावलाई ओलीले मान्ने छैनन । यो धरातल बुझेरै पोखरेल पक्षले मंसिर ८ या ९ मा उम्मेदवार घोषणा गर्ने गरी तयारी गरेको हो ।
मंसिर १३ गते एमालेले देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छान्दैछ। मंसिर १५ गतेभित्र प्रतिनिधिको रेकर्ड केन्द्रीय कार्यालयमा गरिसक्ने गरी एमालेले तयारी गरिरहेको बेला त्यसअगावै उम्मेदवारी घोषणा गर्दा तलबाटै प्रतिनिधि बाँडिएर आउन सक्ने अवस्थालाई ध्यानमा राखेर पोखरेलले मंसिर ८ या ९ मध्ये एक दिन आफनो उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।
पोखरेलको उम्मेदवारी घोषणा भएपनि अन्य पदाधिकारीहरुको उम्मेदवारी भने यो समुहले अहिले घोषणा नगर्ने भएको छ । ओली समुहमा रहेका र खासगरी उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको पोजिसन स्पष्ट भएपछि अन्य पदाधिकारी घोषण गर्ने गरी यो समुहले तयारी गरिरहेको छ । पौडेल र गुरुङ दुवै भण्डारीसँग पनि निकट छन् । पृथ्वीसुब्बाले ओली समुहबाट महासचिव उम्मेदवार बन्न सक्ने सम्भाबना कम छ । उनले ओली समुहमा महासचिवको दावी गरिरहेका छन् । गुरुङ आफनो समुहमा आए महासचिवको उम्मेदवार बनाउने करिव निश्कर्षमा पोखरेल समुह छ ।
ओलीले विधान महाधिवेशनमा भएभन्दा थप अन्य विषयमा छलफल नगरी महाधिवशेनको उद्घाटन गर्ने र सिधै नेतृत्व चयनमा पार्टीलाई प्रवेश गराउन चाहेपनि पोखरेल समुहले भने भदौं २३ र २४ को घटनापछि विकसित राजनीतिका बारेमा महाधिवेशनमा छलफल हुनुपर्ने मत राखिरहेको छ ।
भदौं २३ र २४ को घटना महाधिवेशनमा छलफल भए ओलीका बारेमा महाधिवेशन हल विपक्षमा पार्न सकिने पोखरेल समुह छ । त्यसका लागि राजनीतिक दस्तावेज नै प्रस्तुत गर्ने गरी दस्तावेज लेखको काम पनि यो समुहले गरिरहेको छ । जसको जिम्मा उपाध्यक्ष युवराज ज्ञवालीले पाएका छन् ।
ज्ञवाली अहिले महाधिवेशनमा पोखरेल समुहबाट प्रस्तुत गर्ने राजनीतिक दस्तावेज लेखनको काममा लागेका छन् । उनलाई भित्री रुपमा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले विधान महाधिवेशनमा छलफलमै लान नचाहेका एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको यस्तो छ फरक मत (पूर्णपाठसहित)