प्रदीप ज्ञवालीलाई इश्वर पोखरेलको चेतावनी : 'आग्रहप्रेरित कटाक्ष गर्दै अनावश्यक तरंगित नबनौँ’

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, ०६ : ५९
प्रदीप ज्ञवालीलाई इश्वर पोखरेलको चेतावनी : 'आग्रहप्रेरित कटाक्ष गर्दै अनावश्यक तरंगित नबनौँ’

काठमाडौ । नेकपा एमालेको अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलले नवनिर्वाचित केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई ‘आग्रहप्रेरित कटाक्ष’ नगर्न चेतावनी दिएका छन्।

सोमबार ज्ञवालीले सामाजिक सञ्जालमार्फत महाधिवेशन सकिएलगत्तै छुट्टै भेला गर्नु अपेक्षित भएको भन्दै यसले पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरण हुने भनी पोखरेललक्षित अभिव्यक्ति दिएका थिए। 

त्यसैको जवाफ पोखेरलले दिएका हुन्। यद्यपि दुवै नेताले आफ्ना स्टाटसमा नाम किटेर लेखेका छैनन्। 

‘भर्खरै नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ। त्यहाँ उठेका छलफलका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनुभएका साथीहरूका बिचमा भएको सामान्य र बिदाइ छलफललाई लिएर अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नुभएको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको छ’, पोखरेलले लेखेका छन्, ‘कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्‍याउने विषय नभएर नोक्सान मात्र पुर्‍याउने विषय हुन्। अनावश्यक तरंगित नबनौँ।’

प्रतिक्रिया दिनुहोस